प्रदेश–२ का आठ जिल्लामा माओवादी केन्द्रले तोक्यो जिल्ला संयोजक (सूचीसहित)


२१ कार्तिक २०७८, आईतवार
perish dada party

काठमाडौं, २१ कात्तिक । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले प्रदेश–२ का आठ जिल्लामा पार्टीको जिल्ला संयोजक तोकेको छ । माओवादी केन्द्रको प्रदेश समितिले आठ जिल्लाको जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह–इञ्चार्ज तोकेको हो ।

माओवादी केन्द्र प्रदेश–२ समितिका अध्यक्ष प्रल्हाद बुढाथोकी र सचिव जोगकुमार बर्बरिया यादवले परिपत्र गरेर प्रदेशका आठ वटै जिल्लाको संयोजक तथा दुईटा जिल्लाको सह–इञ्चार्ज चयन गरिएको जानकारी दिएका हुन् । माओवादी केन्द्र सप्तरीको संयोजकमा उमेश कुमार यादव चयन भएका छन् ।

त्यसैगरी सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसीप्रसाद ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाह तोकिएका छन् ।

पर्सा जिल्लाको हकमा पूर्व पदाधिकारी (सचिव) इञ्चार्ज भएकाले जिल्ला नेतृत्वसँग परामर्श गरी रामदरेश कुशवाहलाई संयोजक तोकिएको हो । त्यस्तै, वीरगञ्ज महानगरपालिकाको संयोजकमा रहवर अन्सारी चयन भएका छन् । यस्तै सर्लाही जिल्लाको सहइन्चार्जमा लोचन धिमाल र रामपृत राय चयन भएका छन् भने धनुषाको संयोजकत्वमा झल्कु यादव चयन भएका छन् ।
हेर्नुस् सूची

1 3
2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७