खोलाले बगाउँदा एक बालकको मृत्यु, एक बेपत्ता


२१ कार्तिक २०७८, आईतवार
rahughat khola
सांकेतिक तस्विर

संखुवासभा, २१ कात्तिक । संखुवासभाको सभापोखरी गाउँपालिका– ६ पात्लेदहस्थित सभाखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । बाढीमा अर्का बालक बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा स्थानीय भक्तबहादुर बिकका ९ बर्षीय छोरा बिपन बिक रहेको प्रहरीले जनाएको छ । भक्तबहादुरकै घरमा पाहुना आएका सभापोखरी गाउँपालिका– १ का रहिबहादुर बिकका ८ बर्षीय छोरा रैतिन बिक बाढीमा बेपत्ता छन् । शनिबार दिउँसो १ बजतिर नुहाउने क्रममा उनीहरुलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी बाह्रबिसेबाट खटिएको टोलीले बगाएको स्थानबाट करिव ५ सय मिटर तल बिपिनको शव फेला पारेको थियो । बाढीमा बेपत्ता बालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७