पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु


२१ कार्तिक २०७८, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

मोरङ, २१ कात्तिक । मोरङको ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक कटहरी गाउँपालिका–५ का २१ वर्षीय आशिष सरदारको मृत्यु भएको हो । आइतबार बिहान पूर्वतर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खसेको प्रहरीले जनाएको छ । सरदारको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७