पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक : ओली


२१ कार्तिक २०७८, आईतवार
kp sharma oli 1

काठमाडौं, २१ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले देशका लागि बनेको पार्टी रहेको बताएका छन् । एमाले कर्णाली–काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘एमाले देशका लागि बनेको पार्टी हो । यो पार्टी मान्छे अल्मल्याएर दुनो सोझ्याउने पार्टी होइन । जनताका लागि जाग्ने पार्टी हो ।’ ओलीले अरुको हितका निम्ति काम गर्नेलाई परास्त गर्नुपर्ने बताए । उनले भने, ‘कर्णालीमा जनताले जित्नु पर्छ । भ्रमले जित्ने होइन । अरुका दलाल र ठगहरुले होइन । कर्णालीमा कर्णालीले जित्नु पर्छ ।’

अध्यक्ष ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाए । आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।

‘अहिले यो पाँच दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन् कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पुरा गर्नुछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७