१४३ मा कोरोना संक्रमण, नौं जनाको मृत्यु


२१ कार्तिक २०७८, आईतवार
korona

काठमाडौं, २१ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कूल दुई हजार ३३३ जनाको नमूना परीक्षण गर्दा १४३ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको हो । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १४१ र एन्टिजेन विधिबाट दुई संक्रमित पहिचान भएका छन् । उक्त अवधिमा कूल एक हजार ९८० जनाको पीसीआर र ३५३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

उक्त अवधिमा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, ५६३ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७