छठ पर्वको दोश्रो दिन आज ‘नहाय–खाय’


२२ कार्तिक २०७८, सोमबार
AKS Dhanusha ChhathamaArghac

काठमाडौं, २२ कात्तिक । मिथिलाञ्चलसहित तराई मधेशमा यतिबेला छठ पर्वको रौनक सुरु भएको छ । पाँचदिनसम्म अत्यन्त श्रद्धा एवं निष्ठापूर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज ‘नाहय–खाय’ रहेको छ ।

आजको दिन छठ ब्रतालुलहरुले नुहाएर भोजन गर्ने गर्दछन् । त्यसले आजको दिनलाई ‘नहाय–खाय’ भनिन्छ । यसअघि छठको पहिलो दिन आइतबार ब्रतालुहरुले माछ मरुवा भोजन बारेका थिए । माछमरुवा बार्ने दिनदेखि महिलाहरु माछामासु, कोदो, उसिनेको चामल, मुसुरो, तामसी र राजसी भोजन परित्याग गर्दछन् । पहिलो दिनलाई माछमरुवा बार्ने दिन तथा ‘अरबा–अरबाइन’ खाने दिन पनि भनिन्छ ।
पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वको तेश्रो दिन भोलि साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्ने चलन छ ।

यस वर्ष छठको मूल विधि चौथो दिन बुधबार परेको छ । चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने र पाचौ दिन बिहान उँदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन गरिन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतका सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने प्रचलन छ ।

अघ्र्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक तयार गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा लिइन्छ ।

तराई मधेशबासी अहिले छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लागेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अघ्र्य दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतका जलाशयको किनारमा सरसफाई गरि घाटलाई झकिझकाउ बनाउने काम भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७