२० महिनापछि अमेरिकाले हटायो प्रतिबन्ध, आजबाट कोरोना खोप लगाएकालाई प्रवेश अनुमति


२२ कार्तिक २०७८, सोमबार
us to reopen NbfoHNKWjN

काठमाडौं, २२ कात्तिक । अमेरिकाले कोभिड–१९ विरुद्धको पूरा डोज खोप लगाएका मानिसलाई मुलुकको सीमा खुला गर्ने निर्णय गरेको छ । २० महिनादेखि विदेशी नागरिकमाथि अमेरिकाले भ्रमणमा प्रतिबन्ध लगाउँदै आएको थियो । यो प्रतिबन्ध पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका थिए ।

यो प्रतिबन्धको मारमा ३० भन्दा धेरै मुलुकका नागरिक परेका थिए । यसले अमेरिकाको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको थियो ।
अहिले ल्याइएको नयाँ नियमअनुसार अब अमेरिका प्रवेश गर्न चाहने मानिसले कोभिड–१९ विरुद्धको पूरा डोज खोप लगाएको प्रमाण देखाउनुपर्ने हुन्छ ।

त्यस्तै तीन दिनभित्र गरिएको कोरोना परीक्षणको नतिजा र आफ्नो कन्ट्याक्टको जानकारी पनि उपलब्ध गराउनु पर्ने हुन्छ । अमेरिकाले लगाएको प्रतिबन्धको कारण धेरैले आफ्नो परिवारका सदस्यलाई पनि भेट्न पाएका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७