भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु


२२ कार्तिक २०७८, सोमबार
korona covid 19 6 scaled

नेपालगञ्ज, २२ कात्तिक । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी ६९ वर्षीया महिलाको मृत्यु भएको हो ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार अस्पतालमा उपचारका क्रममा उनको आइतबार राति १० बजेर ३० मिनेटमा मृत्यु भएको हो ।

भेरी अस्पतालमा यही कात्तिक ६ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन अस्पताल भर्ना भएकी थिइन् । योसँगै कोरोना संक्रमणबाट बाँकेका ३४० जनाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४२८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७