प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


२२ कार्तिक २०७८, सोमबार
deuwa 1

काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक डाकेका छन् । दिउँसो ३ बजेका लागि डाकिएको बैठकमा नियमित एजेण्डा रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिएर फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । जलवायु सम्बन्धी लिडर समिटबाट देउवा गत १८ गते स्वदेश फर्किएका थिए ।

उनले मन्त्रिपरिषदमा भ्रमणको औपचारिक जानकारी दिनुका साथै नियमित विषयमा केही निर्णय हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७