बलात्कार आरोपमा कार्गो व्यवसायी संघका अध्यक्ष पक्राउ


२२ कार्तिक २०७८, सोमबार
manoj adhikari OQNHzOjfra

काठमाडौं, २२ कात्तिक । बलात्कारर आरोपमा कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघ (नेफा) का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् ।

प्रहरीले केही दिन अघि उनलाई पक्राउ गरी आज (सोमबार) मुद्दा दर्ता गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । प्रहरीका अनुसार उनीमाथि १६ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

रातोपुलस्थित एक रेष्टुरेन्टमा आफूमाथि बलात्कार गरेको पीडित किशोरीले कमलपोखरी वृतमा जाहेरी दिएकी थिइन् । उनलाई ठमेलबाट यही कात्तिक १६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७