३९० जनामा कोरोना संक्रमण, पाँचको मृत्यु


२२ कार्तिक २०७८, सोमबार
korona

सिन्धुली, २२ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,०२६ जनाको नमूना परीक्षणमा ३९० जनामा कोरोना संक्रमण देखिएको हो ।

पीसीआर विधिबाट ३७१ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण देखिएको छ । सोहि अवधिमा कूल २,६०६ जनाको पीसीआर र २,४२० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

corona 8th nov 20211108101717

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ । ४२५ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ७,६५४ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७