डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अन्तर्गत स्पेन घुम्ने दुई विजेताको घोषणा


२२ कार्तिक २०७८, सोमबार
spain Xd0ya9neky

काठमाडौं, कात्तिक २२ । डिशहोमले यो वर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ।

गत असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए।

कार्तिक १७ गते बुधबार गरिएको लक्की ड्र मार्फत प्रभु टिभी जडान गर्ने काठमाडौंका धुर्व कार्की (सीएएसआईडी नं ०२५४९६०६९८२० र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई (सीएएसआईडी नं ०२५६४१७७९५२० छानिएका हुन्।

यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टीभी, रियालिटि टीभी, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो। बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन्।

यो ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अझैपनि डिशहोम, प्रभु टीभी, सिम टीभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७