भिरबाट लडेर महिलाको मृत्यु


२३ कार्तिक २०७८, मंगलवार

बैतडी, २३ कात्तिक । घर छाउने खर काट्ने क्रममा बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर रहेकी प्रहरीले जनाएको छ ।

घर नजिकैको गोठाखोला भिरमा खर काटिरहेका बेला कुँवर लडेकी थिइन् । उनको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७