भीम रावलले गरे एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार


२३ कार्तिक २०७८, मंगलवार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, २३ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज (मंगलबार) हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गरेका छन् ।

रावलले आज गर्ने भनिएको एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि)– १२ विपरीत भएको दाबी गरेका छन् । ‘गुटबन्दी’ का आधारमा गर्न लागिएको बैठक र यसले गर्ने निर्णय ‘अवैध र अमान्य’ हुने रावलले बताएका छन् ।

Capture 5

‘आज हुने भनिएको कथित सु.प. (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ’, रावलले आज (मंगलबार) बिहानै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि–१२ झापामा लागू हुने, सुदूरपश्चिममा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७