समानुपातिक सूची बुझाउने मिति सार्न एमालेको प्रस्ताव


२८ आश्विन २०७४, शनिबार
CPN UML office

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउने समय सार्न प्रमुख तीन दलको बैठकमा प्रस्ताव राखेको छ।आज कान्तिपुरमा दैनिकमा खबर छ ।

CPN UML office

बैठकमा एमाले नेता माधवकुमार नेपालले मिति केही दिन पर सार्न प्रस्ताव राखेको  छन्। जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूची बुझाउने मिति सार्न नमिल्ने बताएका थिए। बैठकमा उपस्थित कांग्रेस नेता रामचन्द्र पौडेलले पनि सूची सार्न नमिल्ने तर संशोधनको समय बढाउन मिल्ने बताएका थिए।

दलहरुले समानुपातिकको सूची असोज २९ मा बुझाउनुपर्ने निर्वाचन कार्यतालिका छ। वाम गठवन्धनमा प्रत्यक्षतर्फको सिटमा तालमेल गर्ने गृहकार्य चलिरहेको छ। प्रत्यक्ष र समानुपातिकतर्फ सिट मिलाएर पार्टी नेता तथा कार्यकर्तालाई व्यवस्थापन गर्नुपर्ने हुनाले प्रत्यक्षतर्फ कहाँ कहाँ कुन पार्टी लड्ने भन्ने टुंगो नलाग्दा समानुपातिकको सूची टुंगो लगाउन पनि पार्टीहरुलाई हम्मे परेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७