उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पुरस्कार


२३ कार्तिक २०७८, मंगलवार
bmmabklmb1636440255

काठमाडौं, २३ कात्तिक । भारतीय मूलका नेपालीभाषी उपन्यासकार लीलबहादुर क्षेत्रीलाई भारतको चर्चित पुरस्कारबाट सम्मानित गरिएको छ ।

नेपाली चर्चित उपन्यास ‘बसाइँ’ का सर्जक क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको हो । सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट उक्त सम्मान प्रदान गरिएको हो ।

क्षेत्रीलाई साहित्य र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका लागि उक्त विशिष्ट पुरस्कारबाट सम्मानित गरिएको जनाइएको छ । साहित्यसँगै चलचित्रलगायत क्षेत्रमा समर्पित व्यक्तित्वहरूलाई पनि उक्त सम्मानबाट सम्मानित गरिएको थियो । टाइम्स अफ इण्डियाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७