भारतीय गायक कुमार सानु नेपाल आउँदै


२३ कार्तिक २०७८, मंगलवार
adskfmdkg1636443733

काठमाडौं, २३ कात्तिक । भारतीय चर्चित गायक कुमार सानु नेपाल आउने भएका छन् । उनी सांगीतिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।
जनकपुरधाममा हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा सहभागी हुन कुमार नेपाल आउन लागेका हुन् । उक्त कन्सर्ट यही नोभेम्बर १३ (कात्तिक २७) मा जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा आयोजना हुँदैछ ।

भारतबाट कुमार सानुका साथै नेपालबाट गायक सुगम पोखरेल, गायिका पूजा ठाकुर, गायक रोशन पराजुलीले पनि प्रस्तुति दिनेछन् । कन्सर्टमा सहभागी हुन प्रतिटिकट मूल्य प्लेटिममको चार हजार ५०० र गोल्डको तीन हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७