सरकारले फेर्‍यो तीन प्रदेशका प्रमुख


२३ कार्तिक २०७८, मंगलवार
three pradesh pramukh I3MUL3KIob

काठमाडौं, २३ कात्तिक । सरकारले प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

प्रदेश–१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई सिफारिस गरिएको हो । परियार यसअघि प्रदेश–२ को प्रदेश प्रमखु थिए । उनलाई तत्कालीन केपी ओली सरकारले हटाएको थियो । हाल प्रदेश–१ मा सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७