१६ हजार ७३६ नमूना परीक्षण गर्दा ५३३ मा कोरोना संक्रमण


२३ कार्तिक २०७८, मंगलवार
korona

काठमाडौं, २३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ७३६ नमूना परीक्षणमा ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४ हजार ९१८ नमूनाको पीसीआर र १,८१८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

corona 9th nov 20211109103340

जसमध्ये पीसीआर विधिबाट ४४३ र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको हो ।

यस्तै मंगलबार थप ४३ हजार ३८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार आज थप ४८४ जना कोरोनामुक्त भएका छन् । कोरोनाका सक्रिय संक्रमितको संख्या ७,६१२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७