गण्डकीमा जेठ–२ मा फर्कियो एमाले : इञ्चार्जबाट पीएस बाहिरिए, किरण भित्रिए (विवरणसहित)


२४ कार्तिक २०७८, बुधबार
prithivi subba gurung
फाइल फोटो

पोखरा, २४ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउने १० बुँदे सहमति अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट जनाइरहेका बेला गण्डकी प्रदेश कमिटीलाई सोही अनुसार कायम गरिएको छ ।

जसअनुसार गण्डकीको इञ्चार्जमा किरण गुरुङको पुनर्बहाली भएको छ भने पृथ्वीसुब्बा गुरुङ उक्त जिम्मेवारीबाट हटेका छन् । दुवै नेता ओली समूहकै हुन् ।

यस्तै गण्डकी प्रदेश कमिटीमा थप ३ सय सदस्य मनोनयन गरिएको छ । यसअघिका १०९ जना सदस्यसमेत गर्दा अब एमाले गण्डकी प्रदेश कमिटी ४०९ सदस्यीय बनेको छ । यस्तै गण्डकी प्रदेश सचिवालय कमिटी ५३ जना थप गरी ६७ सदस्यीय बनाइएको छ ।
हेर्नुस् विवरण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७