देउवाप्रति कमल थापाको आक्रोश : राजालाई गाली गरेर शासन गर्न नखोजे हुन्छ


२४ कार्तिक २०७८, बुधबार
kamal thapa 5

काठमाडौं, २४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब राजालाई गाली गरेर शासन गर्ने समय नरहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए चुनाव लडेर आउन चुनौती दिएपछि थापाले आक्रोशित हुँदै यस्तो जवाफ फर्काएका हुन् ।

देउवाले अहिलेको शासन व्यवस्थाविरुद्ध पूर्व राजा लागेको आरोप लगाउँदै यस्ता गतिविधि बन्द गर्न चेतावनी दिएका थिए । तर अध्यक्ष थापाले राजाविरुद्ध आक्रोश देखाएर अहिलेको व्यवस्था नटिक्ने उल्लेख गरेका छन् ।

‘राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुस् । न्यायालय हड्तालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार र सर्वसत्तावादमा लिप्त छ । धर्म परिवर्तन व्यापक भएको छ’, थापाले भनेका छन्, ‘रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भइसक्यो । राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७