उदाउँदो सूर्यलाई अर्घ दिंदै सकियो छठ


२५ कार्तिक २०७८, बिहीबार
chhat puja hind

काठमाडौं, २५ कात्तिक । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ दिन काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । उदाउँदो सूर्यको पूजा आराधना गर्न काठमाण्डौमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत तराई मधेसका ऐतिहासिक गंगा सागर, पोखरी, तथा नदी तलाउमा तलाउमा व्रतालुहरुको घुइँचो लागेको थियो ।

दुलहीझैं सिङ्गारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

अघिल्लो वर्ष घरमै छठ मनाउन बाध्य भएका व्रतालुले यसवर्ष जलाशय, नदी खोला किनारमै पुगेर उल्लासपूर्ण रुपमा छठ मनाएका छन् । पोहोर कोरोनाको कारण घरमै छठ मनाइएको थियो । पहिले तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७