भारतमा दुई वर्षकी बालिका बलात्कार र हत्या गर्नेलाई मृत्युदण्ड


२५ कार्तिक २०७८, बिहीबार
rape

नयाँदिल्ली, २५ कात्तिक । भारतको पश्चिम उत्तर प्रदेशअन्तर्गत बुलन्दसहर जिल्लामा सानी बालिकाको बलात्कार र हत्या गरेको कसुरमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

बीबीसी हिन्दीका अनुसार २ वर्षीया बालिकाको बलात्कार र हत्या गरेको कसुरमा ४५ वर्षीय प्रेम सिंह प्रजापतिलाई विशेष पोक्सो अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । यस मुद्दामा अदालतमा डेढ वर्षसम्म सुनुवाइ भएको थियो । यस क्रममा बुधबार उनी दोषी ठहर भएपछि सजाय सुनाइएको हो । अदालतले दोषीलाई १ लाख ६० हजार रुपैयाँ (भारतीय) जरिवाना समेत तोकिएको छ ।

यो अपराध सन् २०२० जुलाई १० मा भएको हो । त्यस दिन आफूसँग खेलिरहेकी २ वर्षकी बच्चीलाई प्रेम सिंह प्रजापतिले आफ्नो घर लगेर बलात्कार गरी घरपछाडिको पोखरीमा फ्याँकिदिएका दिए । आठ जना साक्षीको बयान र वैज्ञानिक र चिकित्सकीय विधिबाट संकलित प्रमाणबाट दोषी ठहर भएपछि उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७