दिनभर घाम लागे पनि विहान–बेलुका जाडोे

काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन


२५ कार्तिक २०७८, बिहीबार
kathamandu upatiyaka scaled

काठमाडौं, २५ कात्तिक । काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम रेकर्ड भएको छ । उपत्यकासहित देशभर चिसो बढ्दा बिहीबार बिहानको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको छ । यो वर्षको अहिलेसम्मकै सवैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको बुधबारको न्यूनतम ताफक्रम ९ र मंगलबार ९.२ डिग्री सेल्सियस मापन भएको थियो । दिनभर मौसम सफा हुने भएकाले चिसो अझै बढ्ने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् । जुम्ला र दोलखाको जिरीको तापक्रम सबैभन्दा न्यून रहेको छ ।

बिहीबार बिहान त्यहाँको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापनगरिएको महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दो क्रममा छ । दिनभर घाम लागे पनि बिहान–बेलुका जाडो बढेको हो ।

बासीका अनुसार तत्काल पानी पर्ने सम्भावना भने छैन । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको भन्दै महाशाखाले नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु भएको जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका भूभागमा बुधबार दिउँसो आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७