कोरोनाले रोजगारी गुमेका अतिविपन्न पाँच लाख परिवारलाई राहत लिन निवेदन माग (सूचना)


२५ कार्तिक २०७८, बिहीबार
aartha mantralaya

काठमाडौं, २५ कात्तिक । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका अति विपन्न वर्गमा पर्ने पाँच लाख परिवारलाई राहत रकम लिनका लागि निवेदन दिन सरकारले आह्वान गरेको छ ।

कोरोना महामारीका कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न पाँच लाख परिवारलाई सरकारले राहतस्वरूप १० हजार रुपैयाँ दिन लागेको हो ।

यसैको दाबी गरी तोकिएको ढाँचामा निवेदन पेस गर्न अर्थ मन्त्रालयले सम्बन्धित परिवारलाई आग्रह गरेको छ । राहत रकम प्राप्त गर्न १५ दिनभित्र आफू स्थायी वा अस्थायी रूपमा बसोबासरत व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचनामा भनिएको छ ।
यस्तो छ सूचना

artha mantralay

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७