प्रहरी हस्तक्षेपको विरोधमा भोलि कानुन व्यवसायीले बहस नगर्ने

सर्वोच्च परिसरमा सशस्त्रको टोली पनि खटाइयो


२५ कार्तिक २०७८, बिहीबार
bar1636611121

काठमाडौं, २५ कात्तिक । प्रहरीले गरेको हस्तक्षेपको विरोधमा भोलि कानुन व्यवसायीले बहस गर्ने भएका छन् । सर्वोच्च अदालत परिसरमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा यस्तो निष्कर्ष निकालेको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी गराइन् ।

‘सर्वोच्च अदालतका कुनै पनि इजलासमा भोलि सहभागी हुने छैनौं’, उनले भनिन्, ‘२८–३० देशभर अदालत परिसरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।’ त्यस्तै उपत्यकाका सबै अदालतमा हरेक दिन १२ बजेपछि मात्रै इजलास राख्न बारले आग्रह गरेको छ ।
सर्वोच्च परिसरमा सशस्त्रको टोली पनि खटाइयो
कानुन व्यवसायीहरुको प्रदर्शन रोक्ने उद्देश्यले सशस्त्र प्रहरीको टोली पनि सर्वोच्च अदालत क्षेत्रमा खटाइएको छ । सशस्त्र प्रहरीको टोली नेपाल प्रहरीको ब्याक सपोर्टमा देखिएको छ ।

सर्वोच्च अदालत परिसरमा नेपाल प्रहरीका डिएसपीको कमाण्डमा एक टोली पहिलेदेखि नै खटिएको छ । अहिले सशस्त्रका इन्सपेक्टरसहितको अर्को टोली पनि सर्वोच्च अदालतभित्रै तैनाथ छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले आज सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि सर्वोच्च अदालत परिसरमा तनाव भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७