प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए शपथ


२५ कार्तिक २०७८, बिहीबार
thumb 7

काठमाडौं, २५ कात्तिक । तीन प्रदेशका नव नियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नव नियुक्त प्रदेश–१ का प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थितिमा प्रदेश प्रमुख पदको शपथ लिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश–१, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७