३१७ मा कोरोना संक्रमण, ६ जनाको मृत्यु


२५ कार्तिक २०७८, बिहीबार
korona

काठमाडौं, २५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,६०९ पीसीआर र ३,०४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ११०, भक्तपुरमा ७ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ४९९ पुगेको छ ।

योसँगै देशभर कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ । कुल संक्रमितमध्ये ७,५३५ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २७९ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ ।

उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १८८ जना आइसीयू र ५४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७