५९ अंकले घट्यो नेप्से, पाँच अर्बको कारोबार


२५ कार्तिक २०७८, बिहीबार
share market

काठमाडौं, २५ कात्तिक । नेप्से परिसूचक आज (बिहीबार) पनि ओरालो लागेको छ । आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से ५९.५७ अंकले घटेर २६ सय ९०.२९ अंकमा अडेको छ । २२५ कम्पनीले शेयर कारोबार गरेका छन् । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।

मंगलबार नेप्से परिसूचक ७९ अंकले घटेको थियो । सो दिन १३ वटै समूहमा गिरावट आएको थियो । बुधबार सार्वजनिक विदा परेकाले सेयर बजार खुलेन । यस दिन ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँ मूल्यमा सेयर खरिद–बिक्री भयो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि १० विन्दु बढीले घटेको छ ।

यस्तै कारोबारमा आएका १३ समूहको परिसूचक घटेको छ । यस दिन फाइनान्स समूहको सेयर मूल्य सर्वाधिक ४ प्रतिशतले घटेको हो । त्यसपछि विकास बैंकको सेयर मूल्यमा ३ प्रतिशत बढिले ओरालो लागेको छ । होटल तथा पर्यटक, जलविद्युत, निर्जीव विमा, अन्य, माइक्रोफाइनान्स, लाइफ इन्स्युरेन्सको सेयर मूल्य २ प्रतिशत बढीले घटेको छ ।

मानुसी लघुवित्तीय वित्त संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेको हो । यस्तै यस दिन कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । यस दिन सो कम्पनीको ४७ करोड ४९ लाख मूल्य बराबरमा सेयर कारोबार भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७