वागमतीका नव नियुक्त दुई मन्त्रीले लिए शपथ


२५ कार्तिक २०७८, बिहीबार
bagmati mantri GwbCJQTh8K

हेटौंडा, २५ कात्तिक । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । वागमती प्रदेशमा नव नियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचिव निमा लामाले मन्त्रीको शपथ लिएका हुन् ।

जम्कट्टेलले अर्थ र लामाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा शपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ दिलाएका हुन् । वागमतीमा आज दुई मन्त्री थपिएसँगै ६ सदस्यीय मन्त्रिमण्डल बनेको छ । कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएका कारण अझैसम्म मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन नसकेको बताइन्छ । भागवण्डाकै लागि प्रदेश सरकारका केही मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७