रोल्पा अस्पतालमा विशेषज्ञ सेवा शुरु


२६ कार्तिक २०७८, शुक्रबार
rolpa aspatal 1108x570 1

रोल्पा, २६ कात्तिक । रोल्पा जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा शुरु भएको छ । एमडिजिपी तहका चार जना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ ।

निकसाइमन्स इन्स्टिच्युटका सहयोगमा डा रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले सेवा शुरु गरेको अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले दक्ष चिकित्सकद्वारा सेवा शुरु भएसँगै यहाँका बिरामी अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताए । डा. बोगटीले भने, ‘दुर्गम जिल्लाका बिरामीको सेवा गर्न पाएकामा म खुशी छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७