सांसद पाण्डेयद्वारा पारिश्रमिक विकास निर्माणमा खर्च


२६ कार्तिक २०७८, शुक्रबार
som prasad pandey

पाल्पा, २६ कात्तिक । पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु ।’

पूर्व उद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य पाण्डेयले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७