वकिलहरुको धर्ना छलेर अर्कै ढोकाबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा


२६ कार्तिक २०७८, शुक्रबार
CJ Rana

काठमाडौं, २६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आन्दोलनरत कानुन व्यवसायीको धर्ना छल्दै अर्कै ढोकाबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

उनी आज बिहान करिब १० बजेर ५५ मिनेटमा सर्वोच्च प्रवेश गरेका हुन् । सर्वोच्चको मूल गेटमा कानुन व्यवासायीहरू धर्नामा बसेका छन् । त्यसलाई छल्दै उनी महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट भित्र प्रवेश गरेका हुन् । नेपाल बार एसोसिएसनको आह्वान आज कानुन व्यवसायीले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका हुन् ।

पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै बारले उनको बहिर्गमनको माग गरेको हो । उता, न्यायाधीशहरू पनि प्रधानन्यायाधीशको विरोधमा छन् । सर्वोच्च अदालत बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७