डिएसपी तिम्सिनाको निधन


२६ कार्तिक २०७८, शुक्रबार
Late Dsp LoknathTimilsina

सप्तरी, २६ कात्तिक । सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको निमोनियाको कारण निधन भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचारका क्रममा आज बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दसैँअघि बिरामी भएका तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको थियो । धरानपछि उनलाई नोबेल अस्पताल विराटनगर सारिएको थियो । अवस्था गम्भीर भएपछि केही दिनअघि मात्रै उनलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७