बढ्यो सुन–चाँदीकै भाउ, तोलाको कति पुग्यो ?


२६ कार्तिक २०७८, शुक्रबार
gold

काठमाडौं, २६ कात्तिक । नेपाली बजारमा आज (शुक्रबार) सुन चाँदीकै भाउ बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर ९४ हजार ४ सय रुपैयाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा ९४ हजारमा किनबेच भएको थियो भने चाँदी तोलामा १२ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७