एमालेमा असन्तुष्ट इटहरीका मेयर चौधरीले माधव नेपाललाई घरमै गरे स्वागत


२६ कार्तिक २०७८, शुक्रबार
nnnnn1636699386

सुनसरी, २६ कात्तिक । सुनसरीको इटहरी उप–महानगपालिकाका मेयर द्वारिकलाल चौधरीलाई भेट्न नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल चौधरीको निवासै पुगेका छन् ।

दुई समूहमा विभाजित नेकपा एमाले सुनसरीको नेतृत्व हेरफेरलाई लिएर असन्तुष्टि जनाएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी माधव नेपालसँग नजिकिएका हुन् । शुक्रबार भएको भेटमा प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राई नेता नेपालसँगै थिए । नेपाल सुनसरीको चताराधाम जाने क्रममा चौधरीको निवास गएका हुन् ।

नेकपा (एमाले) बाट टिकट पाएर मेयर पदमा विजयी बनेका चौधरीले पार्टीको इनरुवामा दुई दिनअघि भएको कार्यक्रममा तेस्रो व्यक्तिले अध्यक्षता गरेको भन्दै माइक खोसेर बोल्न रोकेका थिए । उनले कार्यक्रम बहिस्कार गरेका थिए । उनी एमालेमै खुलेका थिए ।

dwariklal chaudhary meet madhav nepal 1 copy yXzhGkcbE1

माधव नेपाल र प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रबार सुनसरीस्थित निवासमा स्वागत गरेका छन् । त्यो औपचारिक भेटघाट भएको बताइएको भए पनि चौधरी नेकपा (एस) प्रवेश गरे वा नगरेको भन्ने खुलाइएको छैन ।

नेकपा एस इटहरी नगर कमिटीको आधिकारिक फेसबुक पेजमा भने मेयर चौधरी र इटहरी–४ का अध्यक्ष चन्द्र भट्टराईसहितको टोली एसमा प्रवेश गर्ने भन्ने विवरण पोष्ट गरिएको छ । आफ्नो इटहरीस्थित घरमा चौधरीले खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन् ।

दुई दिनअघि मात्रै उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा माइक खोसेका थिए । चौधरीले एमालेमा ठाउँ नपाएको भन्दै माधव नेपाललाई घरमा डाकेर मासु भात खुवाएका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी चौधरी केही दिनअघि इनरुवामा भएको एमालेको बैठकमा माइक खोस्नै पुगेका थिए ।

त्यसअघि आफ्नो अध्यक्षतामा बैठक बस्ने चौधरीले बताएका थिए । तर एमालेको रेवती भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो । एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी चौधरीले बिहीबार मात्रै समाजवादीका प्रदेश–१ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको फोटो भिडियो फेसबुकमा हालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७