गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी प्रहरीको नियन्त्रणमा


२६ कार्तिक २०७८, शुक्रबार

सिरहा, २६ कात्तिक । सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग गरेको भन्दै जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । छठ पर्वको दिन अध्यक्षका आफन्त र कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिले नै बा २ झ ३६४३ नम्बरको स्कारपिओ नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् ।

उक्त गाडीमा पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, ड्राईभर समेत नभएकाले स्थानीयवासी र जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ । रातको समयमा बाटोमा दुई तीन पटक गाडी दौडाएपछि आफूहरुले रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधि कोही नदेखेपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएको एक वडा अध्यक्षले जानकारी दिए ।

प्रहरीले उक्त गाडी जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई आफूलाई जिम्मा लगाएको बताएको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको उक्त गाडी त्यहाँ राख्न सुरक्षित नहुने देखेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७