सर्लाहीमा खटिएका कांग्रेसका निर्वाचन अधिकृतको राजीनामा


२६ कार्तिक २०७८, शुक्रबार
Congress

सर्लाही, २६ कात्तिक । नेपाली कांग्रेस सर्लाहीमा महाधिवेशन प्रक्रिया शुरु गर्न खटाएका जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएका छन् ।
प्रदेश–२ का आठसहित विभिन्न १३ जिल्लामा महाधिवेशन प्रक्रिया शुरु हुन एक दिन अगाडि सर्लाहीका जिल्ला निर्वाचन अधिकृत कार्कीले पदबाट राजीनामा दिएका हुन् । जिल्लामा सहमति नजुटेर निर्वाचन हुने वातावरण नबनेका कारण पदबाट राजीनामा दिनुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

‘मिति २०७८ /०७ /१७ को पत्रले मलाई नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीका साथ जिल्ला निर्वाचन अधिकृत नियुक्त गरिएकोमा सम्बन्धित जिल्लामा पुगी सबै पक्षसँग छलफल गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा पक्षधरबीच सहमति नजुटी निर्वाचन हुने वातावरण नभएकाले यसमा व्यक्तिगत जिम्मेवारी लिई जिल्ला निर्वाचन अधिकृतको पदबाट आजैका मितिबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७