एमाले १० औं महाधिवेशन : लोगो सार्वजनिक, गैंडाको हातमा पार्टीको झण्डा

प्रचारमा कागजका पोस्टरहरु प्रयोग नगरिने, मंसिर ७ गते मोटरसाइकल र्‍याली


२६ कार्तिक २०७८, शुक्रबार
uml 10th convention logo IR32WtnwR9

काठमाडौं, २६ कात्तिक । नेकपा एमालेले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले नयाँ लोगो सार्वजनिक गरेका हुन् ।

यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरूलाई कम्तीमा सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान सिष्टमबारे जानकारी गराएका थिए ।

एमालेको सो राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन् । त्यसका लागि भोलि (शनिबार) देशभर प्रतिनिधि चयन हुँदै बताइएको छ । सूर्य चिन्हसँगै एकसिंगे गैंडाले कम्युनिस्ट पार्टीको झण्डा बोकिरहेको चित्र नयाँ लोगोमा छ ।
प्रचारमा कागजका पोस्टरहरु प्रयोग नगरिने, मंसिर ७ गते मोटरसाइकल र्‍याली
नेकपा एमालेले १०औं महाधिवेशनको प्रचार प्रसारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने भएको छ । शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारीअनुसार भित्ते लेखन र कागजका पोष्टरहरु प्रयोग हुने छैन ।

मुख्य शहरहरुमा डिजिटल डिस्प्लेहरुमा महाधिपेशनको प्रचार प्रचार गरिनेछ भने हाइवे तथा सहायक सडकहरुमा पनि स्वागतद्धारहरु बनाइनेछ । मंसिर ७ गते मोटरसाइकल र्‍याली हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७