चार स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार


२६ कार्तिक २०७८, शुक्रबार
megha bank

काठमाडौं, २६ कात्तिक । मेगा बैंकले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका चार स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
प्रदेश–१ स्थित सुनसरीको भोक्राहा नरसिंह गाउपालिका–१, वाग्मती प्रदेशस्थित सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्गपाल गाउपालिका–१, चौतारा साँगाचोकगडी नगरपालिका–४ र धादिङ्गको ज्वालामुखी गाउपालिका–२, सातदोबाटोमा बैंकले शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो ।

शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहा नरसिंह गाउँपालिका–१, सुनसरीमा प्रविनकुमार मेहता, पाँचपोखरी थाङ्गपाल गाउपालिका–१, सिन्धुपाल्चोकमा महेश दास श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका–४ कुभिन्डे, सिन्धुपाल्चोकमा दुर्गाप्रसाद सापकोटा र ज्वालामुखी गाउँपालिका–२ सातदोबाटो, धादिङ्गमा नारायणप्रसाद सिम्खडालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवा अन्तरगत बैंकले नियुक्ति गरेका व्यवसायिक प्रतिनिधिमार्फत खाता खोल्ने ब्यवस्था गर्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७