बत्तिसपुतलीमा पौडेल पक्षको वैठक, प्रकाशमान अनुपस्थित


२६ कार्तिक २०७८, शुक्रबार
Ramchandra Poudel

काठमाडौं, २६ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफू पक्षीय केन्द्रीय सदस्यको बैठक शुरु भएको छ । बत्तीसपुतलीस्थित एक होटलमा शुरु भएको बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरु शेखर कोइराला, गगन थापा, दिलेन्द्र प्रसाद बडू, चन्द्र भण्डारी, सरिता प्रसाँइ, कमला पन्त, अर्जुननरसिंह केसी, रामशरण महतलगायत नेताहरु सहभागी छन् । तर उनी पक्षीय नेता प्रकाशमान सिंह भने अनुपस्थित भएका छन् ।

पौडेल पक्षबाट सभापतिमा दावी गरेका सिंह आजको बैठकमा सहभागी नभएको एक नेताले जानकारी दिए । आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाको सन्दर्भमा गुटगत धारणा तय गर्न पौडेलले बैठक बोलाएका थिए । तर, सो बैठकमा प्रकाशमानको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय सिंहले नेता पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । पौडेल समूहमा सभापतिमा आकांक्षीमध्येका सिंह महाधिवेशनको मुखमा नयाँ रणनीतिका साथ अघि बढ्न लागेको बताइएको छ । उनी निकटस्थहरुका अनुसार सिंह पछिल्लो समय सभापति शेरबहादुर देउवासँग आन्तरिक छलफलमा छन् । सिंहनले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाट पार्टी नचल्ने भन्दै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७