सर्वोच्चमा सुनुवाइ ठप्प : न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि हेरेनन्


२६ कार्तिक २०७८, शुक्रबार
sarbochha 1

काठमाडौं, २६ कात्तिक । सर्वोच्च अदालतमा आज (शुक्रबार) का लागि पेसी तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ भएन । आजका लागि पेसी तोकिएका २२३ मुद्दामध्ये कुनै पनि मुद्दाको सुनुवाइ नभएको सर्वोच्चले जानकारी दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा बन्दीप्रत्यक्षीकरणको रिट पहिलो नम्बरमै पेशी थियो । तर शर्मा र श्रेष्ठले बन्दीप्रत्यक्षीकरणको रिट हेर्न पनि इजलासमा बसेनन् ।

प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा पनि एउटा बन्दीप्रत्यक्षीकरणको रिट तोकिएको थियो । उनीहरुले पनि उक्त रिटको समेत सुनुवाइ गरेनन् । शुक्रबार न्यायाधीशको इजलास बहिष्कार र कानुन व्यवसायीले बहस बहिष्कार गरेपछि सबै मुद्दाको सुनुवाइ ठप्प भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि सबै प्रकृतिका मुद्दाको पेसी तोकेका थिए । जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका थिए । उनले आफ्ना लागि भने कुनै इजलास तोकेका थिएनन् । यसअघि सुरुमा पूरै इजलास बहिस्कार गरेका न्यायाधीशहरूले एक सातापछि बन्दी प्रत्यक्षीकरणका रिटमा सुनुवाइ गर्न थालेका थिए । कात्तिक ८ गतेबाट आन्दोलन थालेका न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग इजलासमा बसेका छैनन् । बन्दी बाहेकका रिटमा सुनुवाइ समेत गरेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७