मालेका चार केन्द्रीय सदस्य एकीकृत समाजवादीमा प्रवेश गर्ने


२७ कार्तिक २०७८, शनिबार
madhav nepal

काठमाडौं, २७ कात्तिक । आठौं महाधिवेशनको पूर्व सन्ध्यामा नेकपा (माले) का चार केन्द्रीय सदस्यले पार्टी छाडेका छन् । सीपी मैनाली नेतृत्वको मालेको आठौँ महाधिवेशन आज (शनिबार) देखि चितवनमा शुरु हुँदैछ ।

महाधिवेशनको पूर्व सन्ध्यामा संयुक्त विज्ञप्ती जारी गर्दै मालेका केन्द्रीय सदस्यहरु खोटाङका केपी शर्मा फुँयाल र श्यामराज राई, सिरहाका कालिप्रसाद यादव र तनहुँका शंकर पोखरेलले पार्टी छाडेका हुन्। उनीहरु माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने तयारीमा रहेका स्रोतले जनाएको छ ।

पछिल्लो समय माले वैचारिक र सैद्धान्तिक रुपमा बिचलित भएकाले पार्टी छाड्नु परेको नेता फुँयालले बताए । ‘सीपी मैनाली संघीयता खारेज गर्ने, धर्मनिरपेक्षता हटाउने, राजावादीहरुसँग साठगाँठ गर्ने, केपी ओलीको असंवैधानिक कदमलाई घुमाउरो पाराले समर्थन गर्ने लगायतका गतिविधिमा लागेपछि पार्टी छाड्नु परेको हो,’ फुँयालले भने ।

आफूहरु चारैजना एकीकृत समाजवादीमा समाहित हुने फुयालले बताए । खोटाङ, तनहुँ र स्याङ्जाको मालेको पूरै जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित हुने दाबी पनि उनले गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७