आतंकवादसँग सम्बन्ध तोड्न तालिबानलाई अमेरिका, चीन र रुसको आग्रह


२७ कार्तिक २०७८, शनिबार
troika plus EyENvdbEN4

काठमाडौं, २७ कात्तिक । अमेरिका, चीन, रुस र पाकिस्तानले तालिबानलाई आतंकवादसँगको सम्बन्ध तोड्न आग्रह गरेका छन् ।
पाकिस्तानमा जारी ट्रोइका प्लसको बैठकको क्रममा चारै मुलुकले तालिबानलाई आतंकवादसँगको सम्बन्ध तोड्न आग्रह गरेका हुन् । उनीहरुले तालिबानलाई समावेशी सरकार बनाउन पनि तालिबानलाई सुझाव दिएका छन् ।

इस्लामावादमा अफगानिस्तानबारे भएको बैठकमा अमेरिका, रुस, चीन र पाकिस्तानले अफगानिस्तानको पछिल्लो अवस्थाबारे समीक्षा गरेका थिए । उनीहरुले अफगानिस्तानमा उत्पन्न हुन सक्ने मानवीय र आर्थिक संकटबारे चिन्ता व्यक्त गरेका थिए ।

साथै तालिबानले आफ्ना छिमेकी मुलुक र अर्को मुलुकविरुद्धको षडयन्त्रको लागि अफगानिस्तान प्रयोग हुन नदिने विश्वास व्यक्त गरेका थिए । उनीहरुले अफगानिस्तानमा आगामी दिनमा वैध बैंकिङको पहुँच सहज बनाउने विषयमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७