देउवा निवासमा कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक


२७ कार्तिक २०७८, शनिबार
congress

काठमाडौं, २७ कात्तिक । आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक देउवा निवास बुढानिलकण्ठमा जारी छ । आइतबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

बिहान ९ बजेबाट बसिरहेको बैठकमा सभापति एवं प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र पूर्व पदाधिकारीहरू सहभागी छन् । बैठकमा महाधिवेशनको तयारी, क्रियाशील सदस्यताको बल्झिएको विवाद समाधान, महाधिवेशन तयारीका लागि आवश्यक पर्ने विभिन्न समिति र उपसमितिहरु गठन लगायत समसामयिक राजनीतिक विषयहरुमा पार्टीले धारणा बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

यसअघि सभापति देउवा र वरिष्ठ नेता पौडेलले आफूपक्षीय नेताहरूसँग छुट्ट–छुट्टै छलफल गरी समूहगत धारणा बनाइसकेका छन् । कांग्रेसले मंसिर २४–२७ मा १४ औं महाधिवेशन गर्ने मिति तोकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७