कटुवा पेस्तोलसहित एक जना पक्राउ


२७ कार्तिक २०७८, शनिबार

बारा, २७ कात्तिक । बारामा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका– ५ बस्ने ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेको प्रहरीले जनाएको छ । आरोपित जैसवाललाई बिहीबार राती खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आरोपित जैसवालको साथबाट एक थान पेस्तोलसहित एक राउण्ड गोली समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । बारागढी गाउँपालिका–३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाई थियो ।

प्रदेश–३–०२–०१० प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी गर्दा कम्मरबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । आरोपित जैसवाललाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७