पाँच लाखसहित जुवाखालबाट आठ जना पक्राउ


२७ कार्तिक २०७८, शनिबार
juwa

काठमाडौं, २७ कात्तिक । काठमाडौंको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति उनीहरुलाई पक्राउ गरेको हो । कौडाको खालबाट पाँच लाख ११ हजार ५०० रुपैयाँ नगदसमेत बरामद भएको परिसरले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७