एकीकृत समाजवादीका केन्द्रिय सदस्यले लिए सपथ


२७ कार्तिक २०७८, शनिबार
sm AvlVtWc6rN

काठमाडौं, २७ कात्तिक । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । शनिबारबाट सुरु भएको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रिय सदस्यहरुलाइ शपथ गराएका हुन् । समाजवादीमा ३३५ केन्द्रिय सदस्य रहेका छन् ।

शनिबार र आइतबार बस्ने केन्द्रीय कमिटी बैठकमा विभिन्न दल र शक्तिहरुसँग भएको वार्ताबारे महासचिव डा. वेदुराम भुषालले प्रस्तुत गरेको रिपोर्ट बारेको प्रस्ताव पनि छलफल हुनेछ ।

बैठकमा सरकारमा पार्टीबाट सहभागी मन्त्रीका तर्फबाट विरोध खतिवडाले आचार संहिता र कार्ययोजना प्रस्तुत गर्ने, केन्द्रीय निकाय र विभागको पदपूर्ति, समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ । बैठकबाट पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने तयारीसमेत भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७