भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाख नाघ्यो


२७ कार्तिक २०७८, शनिबार
korona india

नयाँदिल्ली, २७ कात्तिक । भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

यसै अवधिमा कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो । यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्त्रालयले जनाइएको छ । भारतमा हाल एक लाख ३६ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितका यो संख्या २७४ दिनको सब भन्दा कम हो ।

गत २४ घण्टामा यहाँ १२ हजार ४०३ जना कोरोनामुक्त भएका छन् यसैसँग यहाँ कोरोना शुरु भएयता तीन करोड ३८ लाख २६ हजार ४३८ जना कोरोना मुक्त भएका छन् । –सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७