अर्थमन्त्री शर्माले पत्रकारहरुलाई भने, ‘मैले कुनै गल्ती गरें भने मेरो पनि भण्डाफोर गर्नुस्’


२७ कार्तिक २०७८, शनिबार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

पोखरा, २७ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले काम गरिरहेको दाबी गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई शनिबार सम्बोधन गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सिर्जनाको पक्षमा सरकार लागि परेको बताएका हुन् ।

उनले भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारलाई आग्रह गरे । ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरें भने मेरो पनि भण्डाफोर गर्नुस् ।’ शर्माले भने, ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरुको काँधमा छ ।’

सरकारले पहिलो पटक गरिबहरुलाई सम्झेर अतिविपन्न परिवारहरुलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीहरुलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरुको व्यवस्थापन, दलित आवसलगायतका लोकहितकारी निर्णय गरेको उनले जानकारी गराए ।

शर्माले कतिपय प्रदेशहरुमा आम सञ्चार प्रतिष्ठान गठन सम्बन्धि विधेयकहरु पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए । मन्त्री शर्माले पत्रकारको क्षमता अभिवृद्धि गर्न तालिम संचालन गर्नको लागि आवश्यक परे सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाए । उनले अनुसन्धानमुखी र खोजमूलक पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७